logo
२०८१ बैशाख ७ शुक्रवार

बन्दको देशभर आंशिक प्रभाव, ११५ जना पक्राउ (फाेटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-11-16-50647
तस्बिर : केशब गुरूङ


काठमाडौं, कार्तिक ३० गते । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आंशिक प्रभाव परेको छ ।

आज बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न ११५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार काठमाडौंका दशलगायत देशभरबाट ११५ जनालाई पक्राउ गरिएको हो ।

काठमाडौंमा सार्वजनिक सवारी साधन कम चलेका छन् । निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने चलेका छन् । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध आह्वान गरेको बन्दका क्रममा अवैध काम गर्ने ११५ जनालाई प्रहरीले पक्राउ गरेको प्रवक्ता कुँवरले बताउनुभयो ।

अनेरास्ववियु क्रान्तिकारीका बाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । सुरक्षाकर्मी व्यापकरुपमा परिचालन गरिएकाले बन्दकर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन सकेका छैनन् । ४० प्रतिशत गाडी सडकमा चलेको प्रवक्ता कुँवरले बताउनुभयो ।