logo
२०८१ बैशाख १३ बिहीवार

तस्बिरमा तीन देशका राजदूतको रारा भ्रमण

पढ्नै पर्ने |
खुला |
फोटो फिचर |


2021-11-15-50623
तस्बिर साभार नेपालस्थित अमेरिकी तथा अस्ट्रेलियाली दूतावास


काठमाडौं, कात्तिक २९ गते । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा नेपालले जलवायु परिवर्तनले पारेको असरबारे जोडदार रुपमा आवाज उठाइ रहेकाबेला काठमाडौस्थित तीन देशका राजदूतहरू जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा परेको असरबारे अवलोकन गर्न रारा क्षेत्रको भ्रमणमा हुनुहुन्छ ।
अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरूले अहिले सो क्षेत्रकाे भ्रमणमा हुनुहुन्छ । उहाँहरुले रारा भ्रमणका तस्बिरहरु राजदूताबासको आधिकारिक फेसबुकमा राख्नुभएको छ ।
नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले तस्बिरसँगै फेसबुकमा लेख्नु भएको छ । “विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाउने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ । अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ।
उहाँले अगाडि लेख्नु भएको छ, मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौ ।