logo
२०८० चैत्र १५ बिहीवार

  विश्वकप टि २० क्रिकेट प्रतियोगिता आज राती हुँदै  



न्युजिल्यान्डलाई यस अघि विश्वविजेता बन्न नसकेकाे पीडा भुल्ने अवसर

क्रिकेट |
खेलकुद |


न्युजिल्यान्डलाई यस अघि विश्वविजेता बन्न नसकेकाे पीडा भुल्ने अवसर


काठमाडाैं, कात्तिक २८ गते । दुई वर्षअघि विश्वकप एकदिवसीय क्रिकेटको फाइनलमा इङ्गल्यान्डसँग सुपर ओभरमा कम चौका प्रहार गरेको आधारमा मात्र पराजित भएर विश्वविजेता बन्नबाट वञ्चित भएको पीडा न्युजिल्यान्डले अहिलेसम्म भुल्न सकेको छैन । न्युजिल्यान्डसमक्ष आइतबार अस्ट्रेलियालाई विश्वकप टि २० क्रिकेट प्रतियोगिताको फाइनलमा हराएर सो पीडा भुलाउने अवसर छ ।

यसो त वर्ष नै न्युजिल्यान्ड टेस्ट क्रिकेटको विश्व च्याम्पियन बनेको थियो । तर निर्धारित ओभरको क्रिकेटमा न्युजिल्यान्ड अहिलेसम्म विश्वविजेता बन्न सकेको छैन । लगातार तेस्रो पटक आइसीसी क्रिकेट प्रतियोगिताको फाइनल खेल्न लागेको न्युजिल्यान्ड मात्र होइन अस्ट्रेलिया पनि पहिले पटक टि२० विश्वकप उपाधि जित्ने दाउमा छ ।

आइतबारको फाइनलपछि विश्वकप टि२० ले नयाँ च्याम्पियन पाउनेछ । पाँच देशले मात्र विश्वकप टि२० जितेको इतिहास छ ।भारतले (२००७), पाकिस्तान (२००९), इङ्गल्यानड (२०१०), वेस्ट इन्डिज (२०१२, २०१६) र श्रीलङ्का (२०१४) सँगै अब विश्व टि२० च्याम्पियनमा अर्को देश पनि थपिनेछ ।

सन् २०१० मा अस्ट्रेलिया फाइनलमा इङ्गल्यान्डसँग हारेको थियो । एकदिवसीय विश्वकप सबभन्दा बढी पाँच पटक जितेपछि टि २० संरचनामा अस्ट्रेलिया अहिलेसम्म सफल हुनसकेको छैन ।

यसपटक समूह चरणमा उपाधि दावेदार भारतलाई पछाडि पार्दै पाकिस्तानसँग न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । अर्को उपाधि दावेदार इङगल्यान्डलाई अन्तिम चारमा स्तब्ध बनाएर न्युजिल्यान्ड फाइनलमा पुग्यो । डेरिल मिचेल र जेम्स निसमले अपत्यारिलो र डेभन कन्वेले उपयोगी पालि खेलेर न्युजिल्यान्डलाई फाइनलका लागि योग्य बनाउनुभएको हो । विकेटकिपर ब्याट्सम्यन कन्वे सेमिफाइनलमा आउट हुने क्रममा रिसले ब्याट्मा हिर्काउँदा घाइते बनेपछि फाइनलमा खेल्न नसक्ने हुनुभएको छ । जुन न्युजिल्यान्डका लागि ठूलो धक्का भएको छ ।

अस्ट्रेलिया पनि न्युजिल्यान्डसरह आप्mनो समूहमा उपविजेता बनेर नकआउटमा पुगेको हो । यी दुवै टिमले सेमिफाइनलमा हारको नजिक छँदा पनि अन्तिम ओभरतिर विस्फोटक ब्याटिङ गरी एक ओभर अगाडि नै खेल जितेका हुन् । अस्ट्रेलियाले समूह चरणमा पाँचै खेल सहजै जित्ने पाकिस्तानलाई सेमिफाइनलमा निराश बनाएको हो । म्याथ्यु वेडले अन्तिम दोस्रो ओभरमा शाहिन आफ्रिदीको बलिङमा लगातार तीन छक्का प्रहार गरेपछि अस्ट्रेलियाले नाटकीय जित हात पारेको थियो ।

अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर शानदार लयमा हुनुहुन्छ । उहाँले चालू विश्वकपमा २३६ रन बनाइसक्नुभएको छ । सेमिफाइनलमा रेफ्रीको विवादास्पद निर्णयले वार्नरको पालि ४९ रनमा सकिएको थियो । टेलिभिजन रिप्लेमा बल र ब्याट्सको सम्पर्क नभएपनि वार्नरलाई आउट दिएको स्पष्ट भएको थियो ।

वार्नरको ब्याटिङबाहेक अस्ट्रेलियाको शक्ति तीन विश्वस्तरीय तेज बलर मिचेल स्टार्क, जोस हेलजउड र प्याट कमिन्स हुन् । स्पीनर एडम जाम्पा अस्ट्रेलियाली टिमको तुरुपको एक्का सावित भइरहनुभएको छ । उहाँ १२ ब्याट्सम्यानलाई आउट गरेर यस विश्वकपमा सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ । कोभिडअघि टि२० क्रिकेटको वरीयतामा शीर्षस्थानमा रहेको अस्ट्रेलियाले क्रिकेट पुनः सुरु भएपछि यस संरचनामा निकै कमजोर प्रदर्शन गर्यो । न्युजिल्यानड, वेस्ट इन्डिज र बङ्गलादेशसँग टि२० शृङ्खला हारेर अस्ट्रेलिया विश्वकप टि२० खेल्न आएको हो । यद्यपि यी सबै कमजोर प्रदर्शनलाई पछाडि पारेको अस्ट्रेलिया अब विश्वविजेता बन्नबाट एक खेल मात्र टाढा भएको छ । एपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?