logo
२०८१ बैशाख १२ बुधवार



तिहारको पाँच दिनमा २५८ जुवाडे पक्राउ ४० लाख नगद बरामद

पढ्नै पर्ने |
खुला |


तिहारको पाँच दिनमा २५८ जुवाडे पक्राउ ४० लाख नगद बरामद


काठमाडौं, कात्तिक २३ गते । तिहारमा विशेष गरी जुवा खेल्ने गरिन्छ । परम्पारगत रुपमा नै तिहारमा जुवा खेल्न फुकुवा गरिएको हुन्छ । तर पर्वमा रमाइलो गर्ने भन्दा पैसा कमाउनका लागि जुवा खेल्नेहरुको पनि कमी छैन । प्रहरीले तिहारको पाँच दिनको समयमा जुवातास खेल्ने दुई सय ५८ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले कात्तिक १६ देखि २० गतेसम्म जुवातास खेलिरहेको अवस्थामा दुई सय ५८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट ३९ लाख ९५ हजार ८२० रुपियाँ प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरीले कार्तिक १६ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ ढुङ्गेधारामा दुई बुक तास, एक लाख ३३ हजार ८०० सय रुपियाँसहित छ जनालाई पक्राउ गरेको छ । अर्धाखाँँचीको सन्धिखर्क नगरपालिका १० मा चार बुक तास, ४८ हजार ३४० रुपियाँसहित सात जना र सुनसरीको बराहक्षेत्र नगरपालिका २ देवीस्थानमा १६ थान कौडा, २४ सय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको हो ।

यस्तै, कार्तिक १७ गते तनहुँँको शुक्लागण्डकी नगरपालिका ८ ढोरफेदी लालीममा नौ लाख एघार हजार ४०५ रुपियाँसहित २९ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ्े गाउँ पालिका २ को तातोपानीस्थित तातोपानी होटलमा एघार जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

कार्तिक १८ गते मोरङको विराटनगर महानगरपालिका ११ बसपार्कमा एक बुक तास, ८८ हजार ४२० रुपियाँसहित चार जना, गोरखाको गोरखा नगरपालिका ८ चाइनिजधारामा एक लाख एक हजार आठ सय रुपियाँसहित नौ जना, कपिलवस्तुको बाणगङ्गा नगरपालिका २ मा दुई थान पासा, ७६ हजार ७४५ रुपियाँसहित १२ जना, रुकुमपश्मिको मुसिकोट नगरपालिका १ मठमा दश लाख आठ हजार नगदसहित ५ जना, काठमाडौं महानगरपालिका ६ नयाँबस्तीमा ४८ थान कौडा, ६ लाख ३२ हजार ५०० सय नगदसहित १८ जनालाई १८ गते प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १९ गते सुर्खेतको वीरेन्द्रनगरपालिका ८ कबडहलमा एक लाख ७२ हजार ४५० रुपिायाँ नगदसहित छ जना, भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बेसीटोलमा २६ लाख आठ हजार ३९० रुपियाँसहित १५ जना, कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ मा पाँच लाख ४२ हजार ३८० रुपियाँसहित १८ जना, लमजुङको बेसीशहर नगरपालिकामा एक लाख ५६ हजार ५४० नगदसहित १७ जना, काठमाडौंको चन्द्रगिरीनगर पालिका ५ दूरसञ्चार चोकमा ८ थान ओखर, एक लाख ४६ हजार ४२५ नगदसहित ५ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा १ थान ताससहित ७२ हजार ७९० रुपियाँ नगदसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक २० गते नेपालगञ्ज उपमहानगरपालिका १३ बाबुगाउँमा चार लाख ६४ हजार ८०० रुपियाँ नगदसहित ४८ जना, नेपालगञ्जमै दुई बुक ताससहित २४ हजार ३०० रुपियाँ नगद र चार जना, काठमाडौं महानगरपालिका १४ पुरानो नैकापमा चार लाख ४३ हजार ३०५ रुपियाँसहित १६ जना र भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल पुरिगाउँमा दुई बुक ताससहित १५ जना पक्राउ परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । पक्राउ परेकामाथि जुवातास ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?