logo
२०८० चैत्र १६ शुक्रवार



सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने

अन्तर्राष्ट्रिय |


सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने
सांकेतिक तस्बिर


काइरो, कात्तिक १९ गते । डानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा हिरासतमा राखिएको थियो ।

यद्यपि अपदस्थ अधिकारीहरूका बचाव पक्षका वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन् ।

सुना समाचार एजेन्सीले जनरल अब्देल(फत्ताह बुरहानले सूचना तथा संस्कृतिमन्त्री हम्जा बलौल, सञ्चार मन्त्री हाशिम हसबेल(रसौल, व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अली गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ ।

सङ्कट समाधानका लागि नागरिक सङ्क्रमणकालीन सरकार पुनःस्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । यसैबीच आन्दोलनकारी र अधिकारकर्मीहरूले कार्यकर्ता र विपक्षी नेताहरू विरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार टेलिफोनमा जनरल बुरहानलाई ूसुडानमा राजनीतिक संकट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको संक्रमणकालीन प्रक्रियालाई पुनर्स्थापना गर्न कदम चाल्न आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघ प्रमुखले पूर्व प्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः दोहोर्याउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप