logo
२०८१ बैशाख ८ शनिवार

  दृश्य समाचार  



संसद भवन निर्माणले गति लिँदै, ३४ प्रतिशत काम सम्पन्न

पढ्नै पर्ने |
राष्ट्रिय |


संसद भवन निर्माणले गति लिँदै, ३४ प्रतिशत काम सम्पन्न


केशब गुरूङ्/  मानाेजरत्न शाही/प्रस्तुती सपना थामी

काठमाडौं, कात्तिक १२ गते । सिंहदरबारमा निर्माणाधीन अवस्थामा रहेको संघीय संसद भवनको काम हालसम्म ३४ प्रतिशत सम्पन्न भएको छ । एक सय ५१ रोपनीमा निर्माणाधीन संघीय संसद तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता अनुरुप २० महिना अघि देखि नै सुरु भएको हो ।

तर कोभिड–१९ महामारीका कारण निर्माण कार्य अतिप्रभावित बनेको विशेष भवन निर्माण आयोजनाका निर्देशक दीलिप शेखर श्रेष्ठले बताउनुभयो । यस पश्चात् सरकारले भवन निर्माण सम्पन्न गर्न छ महिना थप ग-यो ।
निर्माणाधीन संघीय संसद भवनको लागत सात अर्ब अनुमान गरिएपनि निर्माण व्यवसायीले २५ प्रतिशत छुट गरी पाँच अर्ब तीन करोड लाग्ने बताएको श्रेष्ठ बताउनुहुन्छ । संसदको एक प्रतिनिधिसभामा तल चार सय र माथि तीन सय गरी सात सय जनासम्म अटन सक्ने छन् । राष्ट्रियसभामा पनि तल एक सय र बाल्कोनीमा दुई सय गरी तीन सय जना रहन सक्नेछन् । संसद सचिवालयको लागि ‘ए’ र ‘बी’ ब्लक गरी तीन÷तीन तल्लाको दुई भवन हुनेछन् ।
सभामुख, प्रधानमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष रहने कार्यकक्षसहित भिभिआईपी भवन निर्माण हुँदैछ । जसमा प्रेससहित म्युजियम, पुस्तकालय र सुरक्षा गार्डको छुट्टाछुट्टै भवन बन्दैछन् ।
‘डबल बेसमेन्ट गरेर अन्डरग्राउण्ड पार्किङसहित तीन सय ५० वटा गाडी रहन सक्नेछन् । अन्तर्राष्ट्रिय स्तरको अडियो, भिडियोको अत्याधुनिक सिस्टम छ । संसद भवनको बाहिरी र भित्री भागमा नेपाली कलात्मक शैली झल्कनेछ ।’, श्रेष्ठ बताउनुहुन्छ । संसद भवन निर्माणको बाँकी रहेको १९ महिनाभित्रै काम सम्पन्न गर्न अनिवार्यरुपमा विगतकोभन्दा दोब्बर जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?