logo
२०८० चैत्र १५ बिहीवार

  मन्त्रिपरिषद् बैठक  



भारत, अमेरिका र बेलायतमा राजदूतकाे नाम सिफारिस

पढ्नै पर्ने |


भारत, अमेरिका र बेलायतमा राजदूतकाे नाम सिफारिस


काठमाडौं, कात्तिक ११ गते । सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन देशमा राजदूत सिफारिस  गरेकाे सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे । 

गृहमन्त्री खाणका अनुसार भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस भएको जानकारी दिनुभयो । यसैगरी बैठकले प्राकृति विपत् बाढीपहिरोमा परि मृत्यु भएका र बेपत्ता नागरिकका परिवारलाई दुई लाख दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जानुहुने
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सेनापति शर्मालाई भारत भ्रमणमा जान स्वीकृत दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
भारतले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न प्रधानसेनापति शर्मा यही कात्तिक २३ गते भारत जाने कार्यक्रम रहेको छ । उहाँ कात्तिक २६ गते स्वदेश फर्किनु हुनेछ ।
साथै बैठकले उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?