logo
२०८० चैत्र १६ शुक्रवार



मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न सभापति देउवाको निर्देशन

पढ्नै पर्ने |
राष्ट्रिय |


मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न सभापति देउवाको निर्देशन


काठमाडौं, कात्तिक ९ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप मङि्सर महिना  भित्रै सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित काँग्रेसको संसदीय कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा सभापति देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिनुभएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

‘महाधिवेशनको मिति पछाडि सर्नेभन्दा पनि मंसिर ९ देखि १३ गतेसम्म चौधौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापति ज्यूले कडाईका साथ भन्नुभएको छ । एक, दुई दिन तलमाथि हुनसक्ला तर समयमै महाधिवेशन सम्पन्न हुनुपर्ने विषयमा छलफल भएको छ ।’, पौडेलले बताउनुभयो ।बैठक आज दिउँसो ३ देखि ५ बजेसम्म चलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?