logo
२०८० चैत्र १६ शुक्रवार

मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फाेटाे फिचर)

पर्यटन |
फोटो फिचर |


2021-10-25-49253



अमृतप्रसाद पौडेल
बेनी, कार्तिक ८ गते । हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ मन्दिरभन्दा माथिको पहाड क्षेत्रमा आइतबार साँझ हिउँ परेको हो ।

मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ । मुक्तिनाथ दर्शनका लागि आएका पर्यटकहरु हिउँ परेको देखेर उत्साहित भएको सञ्चालक सुवेदीले बताउनुभयो । यस वर्ष गत हप्ता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि आइतबार अलिक बाक्लो हिउँ परेको सुवेदीको भनाइ छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बेलुकादेखि हिउँ परेकाले चिसो केही बढेको बताउनुभयो । बस्ती सम्म आएको छैन तर मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो क्षेत्र र अन्य उच्च पहाडमा थप हिउँ परेको छ । गत हप्ता देशैभरि वर्षा हुँदा मुस्ताङको उच्च पहाडमा हिउँ परेको थियो भने आइतबार हिउँ थपिएको प्रजिअ शर्माले बताउनुभयो ।

सीमा प्रहरी चौकी लोमन्थाङका सई डोलराज भण्डारीले कोरला नाका क्षेत्र र माथिल्लो पहाडी डाँडाहरुमा हिउँ बेलुका परेको बताउनुभयो । भण्डारीका अनुसार हिउँ बस्ती सम्मै नआएको भए पनि डाँडाहरुमा पर्दा पनि चिसो भने अलिक बढेको छ ।