logo
२०८० चैत्र १६ शुक्रवार



नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ : विज्ञ

स्वास्थ्य |


नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ : विज्ञ


काठमाडौं,कार्तिक ७ गते ।  अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर, कतिपय नखोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ । यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ ।
यता स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रखुख डा.सागर दाहालले नेपालमा उपलब्ध भएका सबै कम्पनीका खोपहरु गर्भवती महिलाले पनि लगाउन मिल्ने बताउनुभएको छ । गर्भवती महिला कोरोनाविरुद्धको खोप लगाउन डराएको केही सूचनाहरु आएकाले ढुक्क भएर खोप लगाउन उहाँको आग्रह छ । “बिभिन्न जिल्लाहरुबाट गर्भवती महिलाले खोप लगाउन डराएको बुझिएको छ, हामीकहाँ उपलब्ध सबै प्रकारका खोप गर्भवती महिलाले पनि लगाउन मिल्ने अन्तराष्ट्रिय स्तरबाटै प्रमाणित भएको छ यसकारण सबै गर्भवती महिलालाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ” उहाँले भन्नुभयो ।
मन्त्रालयले सबै जिल्लाहरुबाट कति गर्भवती महिलाले कोरोना विरुद्धको खोप लगाए भन्ने तथ्याङ्क संकलन गर्ने कार्य गरिरहेकाले अहिले नै खोप नलगाएका गर्भवतीको संख्या यति छन् भन्न नसकिने डा.दाहालले बताउनुभयो । “हामीले विभिन्न सर्भेबाट कुन जिल्लामा कति गर्भवती महिलाले कोभिड विरुद्धको खोप लगाएका छन् र कतीले लगाएनन भन्ने तथ्यांक निकाल्दै छौँ, तथ्यांक आएपछि मात्र कतिले लगाएनन भन्न सकिन्छ”उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?