logo
२०८१ बैशाख १३ बिहीवार

कसरी प्रख्यात भयो कहीँ नभएको जात्रा हाँडी गाउँमा

पढ्नै पर्ने |
समाज |
फोटो फिचर |


2021-10-21-49012


मनोजरत्न शाही /केशब गुरुङ्ग
काठमाडौं, कात्तिक ४ गते । कहिं नभएको जात्रा हाँडीगाउँमा मनाउनुपर्ने मुख्य तीन वटा कारण रहेको हाँडीगाउँका स्थानीयबासी सूर्यलाल प्रजापति बताउनुहुन्छ । अन्य रथहरु देवतालाई भित्र राखेर गजुर माथि हुन्छ तर हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन् ।


यसैगरी, कहिपनि नपाउने एक विशेष प्रजातिको फूल (सि स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ भने एउटा इनार छ जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ । ‘लिच्छिवीकालीन समयमा बुढानिलकण्ठदेखि शंखमुलसम्ममा ठूलो शहर थियो । यो शहर अहिलेको असन, इन्द्रचोकभन्दा विकसित रहेको प्रमाण विदेशीहरुको अध्ययनले देखाएको पनि छ । लिच्छिवीकालका राजाहरुले यो जात्रा सुरु गरेका हुन् ।’, प्रजापति बताउनुहुन्छ ।
किम्वदंतीका अनुसार कुनै समयमा एक राजाका दुई छोरीहरु थिए । उनीहरुको एकै समयमा सुत्केरी हुने समय भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिएपनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेका थिएनन् ।
यसको कारण खोज्दै जादा रिसाएको नारायण भगवान हिमालमा तपस्या गरेर बसेका थिए । उक्त भगवानलाई प्रशन्न पार्न कहि नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुक्मेरी गराउन सफल भएका थिए भन्ने विश्वास रहेको छ ।

तस्बिर : मनाेजरत्न शाही