logo
२०८० चैत्र १५ बिहीवार



निरन्तर वर्षका कारण ताप्लेजुङ अन्धकार

खुला |


निरन्तर वर्षका कारण ताप्लेजुङ अन्धकार


फुङ्लिङ, कात्तिक ३ गते । निरन्तर वर्षाका कारण तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमबारदेखि मोबाइल सेवासमेत अवरुद्ध भएको छ ।

ल्याण्डलाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवरुद्ध भएको छ । साथै बिजुली नहँुदा स्थानीय सञ्चारमाध्यमसमेत प्रसारणमा समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबार साथै बैंकिङ कारोबारसमेत समस्या भएको छ ।

ताप्लेजुङमा मोबाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । मोबाइल सेवा अवरुद्ध भएपछि जिल्ला बाहिरबाट आउने तीर्थयात्री तथा पर्यटक ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलपत्र परेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?