logo
२०८१ बैशाख ८ शनिवार



प्युठानमा खोलाले बगाएर एकको मृत्यु, दुई जना बेपत्ता

पढ्नै पर्ने |




सलिम मियाँ/सुजल श्रेष्ठ
बिजुवार(प्युठान), कार्तिक ३ गते । प्युठानमा खोलाले बगाएर बुधवार बिहान एक जनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन । जिल्लाको माण्ड्वि गाउँपालिका – ४ आपचौर बस्ने २८ वर्षीय देवीसरा कार्कीको मृत्यु भएको हो भने उहाँंका दुई वर्षीय छोरा दिनेश कार्की र स्थानीय मधु अधिकारीको ८ वर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता,प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
गैरेका अनुसार उनीहरुलाई अस्पताल जाने क्रममा आज बिहान साढे आठ बजेतिर घर नजिकैको अरङखोलाले बगाएको थियो।
देवीसराको शव माण्डवी –२ ढिकावनमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खोलामा बेपत्ता भएका दुई जनाको शव अझै फेला परेको छैन। सुरक्षाकर्मी र स्थानिय मिलेर बेपत्ताहरुको खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो। सोमबारदेखि जिल्लामा निरन्तर पानी परेकाले खोला र नदीहरुमा पानीको बहाब बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?