logo
२०७८ मंसिर १८ शनिवार

  धनकुटा पहिराे अपडेट  



मृत्यु भएका छ जनाकाे शव निकालियाे, तीन गम्भीर घाइतेकाे हेलिकाेप्टरबार उद्धार गरिँदै

पढ्नै पर्ने |


मृत्यु भएका छ जनाकाे शव निकालियाे, तीन गम्भीर घाइतेकाे हेलिकाेप्टरबार उद्धार गरिँदै


सचिन पोख्रेल /काेकिला भण्डारी
इटहरी, कात्तिक ३ गते । पहिरोले घर भत्किदा धनकुटाको चौबिसे गाउपालिका वडा नम्बर १ गडेरेमा एकै परिवारका चारसहित छ जनाको मृत्युु भएको छ । सोही पहिरामा परेर छ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भारी वर्षाका कारण आएको पहिरोमा परेर गडेरेका भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६० वर्षीय भीमबहादुरसहित परिवारका चारजनाको मृत्यु भएको हो । पहिरोमा परी ५ वर्षीया निर्जला श्रेष्ठ, ७ वर्षीय दिप्सन श्रेष्ठ र ९ वर्षीय विनोद श्रेष्ठको मृत्युु भएको हो । त्यसै गरी दशैं मनाउने क्रममा आफन्तकोमा आएका दमक निवासी ३९ वर्षीय सन्जीव श्रेष्ठ र ३८ वर्षीय लक्ष्मी श्रेष्ठको पनि पहिरोले घर पुरिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही पहिरोमा परेर भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ घाइते भएका छन् । घाइतेहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ । यसैबीच सो घटनामा गम्भीर घाइते भएका तीन जानको थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको धनकुटाको सल्लेरीस्थित नेपाली सेनाकाे व्यारेकका प्रमुख सेनानी दुर्गाबहादुर थापाले  बताउनुभयाे । साथै घरमा पुरिएकाहरूकाे शव निकालिएकाे पनि सेनाले जनाएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?