logo
२०८० चैत्र १६ शुक्रवार



असहाय गाईबाच्छा संंरक्षणका लागि कम्पोष्ट मल अभियान   

खुला |
प्रदेश |


असहाय गाईबाच्छा संंरक्षणका लागि कम्पोष्ट मल अभियान   



काठमाडौँ, कात्तिक २ गते । असहाय गाईबाच्छा संरक्षण अभियानलाई स्वावलम्बी बनाउने योजना अनुरुप आधा मूल्यमा गुणस्तरीय कम्पोष्ट मल अभियान सुरु भएको छ । कात्तिक १ गतेदेखि कम्पोष्ट मल बनाएर आधा मूल्यमा बिक्री वितरण सुरु गरिएको हो । मल बिक्रीबाट आएको रकम कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानमा उपयोग गरिने छ ।    
    
अभियानको पहिलो दिन सोमबार नै ५०० किलोग्राम कम्पोष्ट मलको माग आएको सो अभियानका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । शतप्रतिशत शुद्ध गोबरबाट बनेको र पोटाससमेत मिसाइएकाले बिरुवाका लागि अत्यन्तै लाभदायक मानिन्छ । मललाई घरमै पु¥याउने सुविधासहित बिक्री वितरण सुरु भएको हो ।    
    
बिक्रीबाट प्राप्त सबै रकम असहाय गाईबाच्छा संरक्षणमा लगाइने छ । मल खरिद गर्दै असहाय गाईबाछा संरक्षणमा सहयोग गर्नुहुन अभियानले सबैमा आग्रह गरेको छ । मल बिक्री वितरणबाट प्राप्त रकम पारदर्शी रुपमा गौ सेवामा समर्पित हुने अभियानले जनाएको छ ।    
    
अभियानले सडकमा छोडिएका करिब २०० गाईबाच्छालाई आश्रय दिँदै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?