logo
२०८० चैत्र ६ मंगलवार



जुम्लामा भारी बर्षा, बाढीले पाकेको मार्सीधानका फाँट बगायो

पढ्नै पर्ने |
खुला |
प्रदेश |


जुम्लामा भारी बर्षा, बाढीले पाकेको मार्सीधानका फाँट बगायो
तिला गाउँपालिका जुम्लाको सापुल्लीमा क्षेत्रको बाढी


नेत्र शाही
जुम्ला, कात्तिक २ गते । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भएको छ । जुम्लाको तिला र हिमा नदी छेउ छाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधााका खेतहरुमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको किसानहरुले जनाएका छन् ।
जुम्लाको तातोपानीदेखि पानसय क्षेत्र र कुडारी हँुदै नुवाकोट क्षेत्रमा भारी बर्षा र बाढीले मार्सीधानका कतै खेत त कतै धान डुबाएको स्थानीयले जनाएका छन् । मार्सीधानको उद्गम स्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला ठूला काठमा पुलहरु समेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार लाक्षु ज्यूलाको बिचैमा बाढी आएर भित्र्याउन लागेको धानमा ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार तिला नदि बढेर तातोपानी धारामा समेत आउन थालेको छ ।

तातोपानी गाउँपालिका ४ हाँकु क्षेत्रको ठाँटा ज्यूलोमा ठूलो क्षेति भएको स्थानीय देवीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो चारभारी सहित किसानको ५०, ६० भारीको धानको फाँटमा नदी बगिरहेको बताउनुभयो । उहाँका अनुसार हाँकुको नेत्रज्योति माविको प्रांगणमा पानी पसिसकेको छ ।
यता चन्द्यननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि ठूलो बाढी आईरहेको किसान धनरासी भण्डारीले जानकारी दिनुभयो ।
तिला गाउँपालिका ४ का स्थानीय प्रेमबहादुर शाहीका अनुसार अविरल बर्षाले तिला गाउँपालिकाको वडा नम्बर ४ स्थित सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुल समेत बगाएको छ ।
लगातारको बर्षाले काटेका मार्सी धान एकातिर खेतमै थन्किएर नष्ट भएका छन भने अर्को तिर मार्सिका फाँटनै बगाए पछि भित्रिन लागेको धानमा ठूलो क्षति भएको छ । यसैगरी सिमी र घास समेत कुहिएको किसानहरुले जनाएका छन् ।
यता सिञ्जा क्षेत्रमा भने टेलिफोन सम्पर्क भएको छैन् । सिञ्जा क्षेत्रमा समेत हिमा नदीको वाहावले ठूला मार्सीधानका फाँटहरु क्षेति हुन सक्ने अनुमान गरिएको छ । यसैगरी तातोपानी ८ स्थित टोप्ला क्षेत्रमा ठूलो बाढी आएको स्थानीयले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी सहितको टोली स्थलतिर ः
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला तर्फ लागेको छ । प्रहरी नायव उपरीक्षिक दानबहादुर थापाका अनुसार भारी बर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ । प्रनाउ थापाका अनुसार रारालिही क्षेत्रका नदि छेउछाउका बासिन्दालाई नवस्न माईकिङ भईरहको छ ।
प्रजिअ प्रसाईले भारी बर्षा र बाढी बढेकाले नदि र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नागरिकलाई नवस्न अनुरोध गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?