logo
२०८१ बैशाख ११ मंगलवार

साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत

खेलकुद |
फोटो फिचर |


2021-10-18-48734
फाेटाे - विकास द्बारे (गाेरखापत्र)


काठमाडौं, कात्तिक १ गते । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुग्नुभएको थियो ।
मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० अन्तरले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् ।