logo
२०८० चैत्र ६ मंगलवार



पश्चिमी वायुको प्रभाव कायमै, हल्कादेखि मध्यम बर्षा हुने

पढ्नै पर्ने |
खुला |


पश्चिमी वायुको प्रभाव कायमै, हल्कादेखि मध्यम बर्षा हुने



काठमाडौं, असोज ३१ गते । सरदर समयभन्दा नौ दिन ढिला गरी मनसुनी प्रणाली नेपालबाट पूर्णरुपमा वाहिरीए पनि अझै केही दिन सामान्य वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली विकास भएकाले यसको असर नेपालसम्म आइ पुगेकाले सामान्य बर्षा हुने सम्भावना रहेको बताउनुभयो ।
पश्चिमी वायु प्रणाली समेत सकृयनै रहेकोले अझै केही दिन सामान्यरुपमा प्रदेश नम्बर एक, दुई र वागमती प्रदेशमा सामान्य पानी पर्ने पौडेलले जानकारी दिनुभयो । यता पश्चिम नेपालमा समेत मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

असोज २२ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट वाहिरिन शुरु गरी असोज २६ गतेदेखि मनसुनी प्रणाली वाहिरिएको थियो । यस वर्ष ११५.५ प्रतिशत अर्थात १६२०.२ मिलिमिटर पानी परेको परेको मौसम विष्लेषण शाखाको तथ्याङक छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष बढी बर्षा भएको महाशाखाले जनाएको छ ।
सरदर समयलाई जल तथा मौसम विज्ञान विभागले १० वर्षपछि यो वर्ष नौ दिन पछि सारेर सेक्टेम्बर २३ बाट अक्टोबर दुई तारिखलाई कायम गरेको थियो । नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट अर्थात अघिल्लो वर्षको तुलनामा दुई दिन अघि नै मनसुनी वर्षा  थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?