logo
२०८० चैत्र १६ शुक्रवार



साधक मनोजकुमारले २१ औं पटक शरीरमा जमरा उमारे

खुला |
प्रदेश |


साधक मनोजकुमारले २१ औं पटक शरीरमा जमरा उमारे


विजयकुमार साह
ढल्केवर, असोज ३० गते । साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ ।

सप्तरीको राजविराज घर भएका ३५ बर्षिय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उर्मानु भएको हो । उहाँले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताउनुभयो ।

भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको बताउने साधक मनोजकुमारले नेपालमा यो पाँचौ पटक भएको जानकारी दिनुभयो । सुख, शान्ति र लोककल्याणको कामना गर्दै घटस्थापनादेखि नवमीसम्म निराहार ब्रत बसेर शरीरमाथि जमरा उमार्ने गरेको उहाँले सुनाउनुभयो ।

एकाइसौं पटक शरीरमाथि जमरा उमारेको सफलता पछि साधक मनोजकुमार २२ मिनट स्वाँस रोकेर विश्वसामू देखाउने दाबी गर्नुभयो । उहाँले अबको केही महिनापछि राजधानी काठमाडौंमा नेपाल सरकार तथा अरु देशका प्रतिनिधिहरुको उपस्थितिमा स्वाँस रोकेर देखाउन तयारी गरिरहेको बताउनुभयो ।

यस अतिरिक्त पानीमाथि हिड्ने र आगोमाथि बसेर धार्मिक आस्था जगाउने भन्दै मनोजकुमारले कुनै दैवीय शक्ति र तान्त्रिक विधाबाट नभई साधनाबाट प्राप्त शक्तिको आधारमा आफूले त्यस्तो गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म कुनै नयाँ कार्य गर्न लागेको होइन्, सनातनकालमा ऋषिमुनि, ज्ञानी, ध्यानी तथा राजा महाराजाहरुले आफूलाई गहिरो समाधिमा लैजानुहुन्थ्यो, आत्मविश्वास बढाउन तथा मनलाई भड्किन नदिन यो विद्या प्रयोगमा ल्याउनुहुन्थ्यो, त्यसैले प्राचीन कालमा यसलाई प्राण विद्या तथा त्रिकाल विद्या पनि भनिन्थ्यो ।

नेपाल ऋषिमुनीहरुको देश भएको र प्रत्येक दशैंमा उहिले ऋषिहरुले यस किसिमको तपस्या गर्ने गरेको उहाँले बताउनुभयो । साधक मनोजकुमारले भन्नुभयो, ‘ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक रहन्थ्यो, तर अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् ।’

राजा जनकले पनि यस किसिमको तपस्या गर्नेगरेको उहाँले दावी गर्नुभयो । ‘म नौ दिनसम्म केही पनि नखाइपिई निराहार ब्रत बसेको थिएँ । सामान्य कमजोरी समेत महसूस भएन् । यो नै दैवी शक्ति हो’ उहाँले भन्नुभयो, “तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु हो ।”

“नेपालीको दुःख हटोस्, देशमा सुख र शान्ति आवस् भनेर त्यसकै निम्ति म प्रत्येक दशैंमा यस किसिमको तपस्या गर्दै आएको छु” उहाँले भन्नुभयो । प्रतिनिधि सभा सदस्य तथा पूर्व नागरिक उड्यन तथा पर्यटनमन्त्री उमाशंकर अरगरियाले मनोजको निवासस्थान (कुटी) मा गएर बधाई तथा शुभकमना दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?