logo
२०८० चैत्र १५ बिहीवार



बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुन्छ तर यो अस्वस्थ हुनुहुदैन :अध्यक्ष ओली

राष्ट्रिय |


बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुन्छ तर यो अस्वस्थ हुनुहुदैन :अध्यक्ष ओली


काठमाडौं, असोज २८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाएर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताउनुभएको छ । दशैं, तिहार, छठ र नेपाल सम्वत् लगायतका चाडपर्वको उपलक्ष्यमा एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापामा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रका लागि दलहरु शक्ति पृथकीकरणमा अडिएर देश र जनताप्रति निष्ठावान रहेर काम गर्नुपर्ने बताउनुभयो ।

‘साझा चाडवाडहरुमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा मन साँघुरो बनाउन आवश्यक छैन । यसले हामीबीच बढिरहेको दुरीलाई कम गर्न पनि सहयोग पुग्छ । तर एउटा कुरा भन्नैपर्छ, बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुन्छ तर यो अस्वस्थ हुनुहुदैन । सत्तासीनहरुले संयमता अप्नाउनुप-यो । सुकुम्बासी, भूमिहीनमाथिको दमन सहन सकिदैन ।’, ओलीले बताउनुभयो । रुपन्देही घटनातर्फ ईंगित गर्दै उहाँले सरकारले सजगता अप्नाउनुपर्ने बताउनुभएको हो ।

तर, आफू नेतृत्व सरकारले कोभिड–१९ महामारी नियन्त्रण एवम् विकासका कामलाई अगाडि बढाइएकोले अहिले निराश बनिहाल्नुपर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?