logo
२०८१ बैशाख १३ बिहीवार

तस्बिरमा तलेजु भवानी मन्दिरमा भक्तजनकाे भीड

खुला |
प्रदेश |
फोटो फिचर |


2021-10-14-48605
तस्बिर : केशब गुरूङ


काठमाडाैं, असाेज २८ गते । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरआज भक्तजनकाे भीड लागेकाे छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने ब्यबस्था मिलाइएकाे छ  ।

मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने ब्यबस्था गरिएकाे छ  । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो ।

तस्बिरहरू : मनाेजरत्न शाही/केशब गुरूङ्ग