logo
२०८० चैत्र ६ मंगलवार

दसैंमा पनि रोकिएन तनहुँ जलविद्युतको काम (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |
प्रदेश |


2021-10-14-48604


अमरराज नहर्की
तनहुँ, असोज २७ गते । तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा धमाधम भईरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको प्याकेज २ अन्तर्गत चिनियाँ सिनो हाईड्रो कम्पनीले गरेको सुरुङमार्ग निर्माण कामका लागि १६० जना नेपाली र ५५ जना चिनियाँ प्राविधिकले काम गरिरहेको आयोजना प्रमुख अच्युतबाबु घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी प्रशारण लाईन निर्माणको लागि कर्मचारी कामदार ५० गरी ७५ जना खटिरहेको उहाँले जानकारी दिनुभयो । ठेकेदार नियुक्ति तथा रद्द तथा नयाँ नियुक्तिमा भएको ढिलाई लगायतले सुस्त भएको आयोजनाको काम लकडाउनकै अवधिमा समेत नरोकी धमाधम गरिएको थियो । निषेधआज्ञाको समयमा पनि काम प्रभावित नहोस् भन्ने उद्धेश्यले भौतिक दुरी, सेनीटाईजर, मास्कको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पूरा गर्ने, कामपछि बाहिर आवत जावत नगर्ने जस्ता नियम पालना गर्ने गरी काम गरिएको थियो ।

५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधीन सो जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ । कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुत्त आयोजना भएकाले नेपाल सरकारले प्राथमिकता दिएको छ । सुख्यायाम भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यता रहकोेले सो समस्या हटाउन सरकारले यस आयोजनालाई प्राथमिकता दिएको आयोजना प्रमुख घिमिरे बताउनुहुन्छ ।
वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो ।

आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ । आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग निर्माण गरि सेती नदिको पानीलाई भूमिगत विद्युत गृहमा पु¥याएर विद्युत उत्पादन गरिने बताइएको छ । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।