logo
२०८१ बैशाख १३ बिहीवार

  दृश्य समाचार  



मजदुरी गर्नेहरूको पीडा, परिवार बाटाे कुर्दैछन्, घरजाने खर्च छैन

पढ्नै पर्ने |
खुला |


मजदुरी गर्नेहरूको पीडा,  परिवार बाटाे कुर्दैछन्, घरजाने खर्च छैन


महिमा देवकोटा, दृश्यमा मनोजरत्न शाही केशब गुरुङ्ग
काठमाडौं, असोज २७ गते । रामेछापका २० वर्षिया देबमगर काठमाडौंमा दैनिक ज्यालादारी मजदुरको रुपमा काम गर्नुहुन्थ्यो । उहाँले राम्रो आम्दानीको आशामा दुई महिनाअघि मात्र रिक्सा चलाउन थाल्नुभयो । देवको परिवारमा पाँच जना सदस्य छन् । तर उहाँको दैनिक कमाइ भने न्यूनतम लगभग तीन सय रुपियाँ छ । विगतमा मजदुरीको काम गर्दै आउनु भएका मगरले धेरै आम्दानी हुने आशमा रिक्सा चलाउन सुरु गरेपनि उहाँको भाग्य भने परिवर्तन हुन सकेन ।


परिवार पाल्नकै लागि विद्यालय छाडेका देव मगर भन्नुहुन्छ – ‘यति आम्दानीका लागि पनि धेरै मिहिनेत गर्नुपर्छ । यो आम्दानीले परिवार पाल्न पुग्दैन । दिनमा पाँच सय कमाए भने तीन सय रुपियाँ घरभाडा लगायत यताउता सबैमा खर्च हुन्छ । बचेको दुई सय रुपिया मेरो गाउँमा रहेको बुवा, आमालाई पठाउँछु । जसकारण मेरा भाई, बहिनीले पढ्न पाएका छन् ।’ तर विडम्पना, कोरोना महामारीको असरले देव मगर मात्रै कहाँ अछुतो रहन सक्नु हुन्न ? कोरोनाका कारण मानिस रिक्सा चढ्न डराएको उहाँको अनुभव छ । रिक्सा चालक मगरले डेढ घण्टा यात्रा गरेपछि ५० रुपैंया पाउनुहुन्छ । दिनमा पाँच सय रुपियाँ कमाउन त धेरै मिहिनेत गर्नुपर्छ, उहाँ बताउनु हुन्छ ।
दशैंको बेला मगरको परिवारले उहाँको आगमनलाई पर्खिरहेका छन् । तर आफ्नो सानो बचतले परिवारका पाँचै जनाको दशैं खुसीसाथ जाने हो कि होइन भन्ने पीर उहाँको मनमा परेको छ ।
यसैगरी, धादिङका ६५ वर्षिया विथे परियार उहाँका चार परिवारका सदस्यहरुमध्ये एक मात्र कमाउने व्यक्ति हुन् । विथे परियार क्षेत्रपाटीस्थित एउटा कोठा भाडामा लिएर बस्दै आउनु भएको छ । परियारको औसत कमाइ भने रामेछापका देव मगरकोभन्दा धेरै नै कम छ । क्षेत्रपाटी चोकस्थित एक रुखमुनि मेसिनमा बसेर उनले विगत ६ वर्षदेखि लगा सिलाउने काम गर्दै आउनु भएका उहाँ भन्छन् – दिनमा दुई, चार जना लुगा सिलाउन आउँछन्, एउटा च्यालिएका कपडा बापत बढीमा उनले २० रुपैंया मात्रै लिनुहुन्छ । दशैं आएपनि त्यस्तो कुनै नयाँ चाडवाडको रमाइलो बहार उनमा छाएको छैन । आफ्नो घर जान बसको टिकट किन्ने पर्याप्त पैसा नभएको गुनासो राख्दै परियार भन्नुहुन्छ – धनीको संसार स्वर्ग र गरिबको नर्कबाट बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?