logo
२०८१ बैशाख २५ मंगलवार

२० दिन पैदल आएका भन्छन्, काठमाडौं हाम्रो आवाज सुनिदेउ

पढ्नै पर्ने |
फोटो फिचर |
समाज |


2021-10-08-48285
तस्बिरः विकास द्वारे


काठमाडौं, असोज २२ गते । सधैं राजनीतिक प्रदर्शन हुने माइतीघर मण्डलामा शुक्रबार बेग्लै खाले धर्ना थियो । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीको यो धर्ना अघिपछिको भन्दा बेग्दै थियो ।
यी दुई घटनाको सही छानाबिन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुग्नुभएको हो ।
उहाँहरू बिहान ११ बजेतिर माइतीघर मण्डलामा आइपुग्न भएको थियो । लामो यात्रापछि खुट्टाभरी फोका र थकेका अनुहार लिएर माइतीघर मण्डला छेउमा ब्यानर बोकेर उभिनुभएको थियो ।

तस्बिरः विकास द्वारे