logo
२०८० चैत्र १६ शुक्रवार



मुस्कानले तनाव कम गर्छ

स्वास्थ्य |
खुला |


मुस्कानले तनाव कम गर्छ


यलु जोशी

काठमाडौँ, असोज १६ गते । मुस्कानको महìवलाई आत्मसात् गर्न प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार विश्वभर मुस्कान दिवस मनाउने गरिएको छ ।
मुस्कान विश्वव्यापी भाषा हो । यसले जस्तोसुकै तनाव पनि कम गर्न सक्छ भनिन्छ ।
योग गुरु सागरमान श्रेष्ठ भन्नुहुन्छ, “मुस्कान शक्ति हो । अपरिचित व्यक्ति नै किन नहोस् यदि हामीलाई हेरेर मुस्कुराउँछ भने स्वतः खुसी भई बदलामा मुस्कान फर्काउँछौँ ।”
उहाँका अनुसार खुसी भएर मुस्कुराइने मुस्कानले शरीरमा सकारात्मक सोच एवं शक्ति प्रवाह गर्ने विज्ञानले समेत पुष्टि गरिसकेको छ । यति मात्रै नभई मुस्कुराउनाले व्यक्तिका वरपर रहेका अन्य व्यक्तिमा समेत सकारात्मक ऊर्जा प्रदान गर्दछ ।
कीर्तिपुर आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले मुस्कानले व्यक्तिको व्यक्तिगत स्वास्थ्य र ऊर्जा मात्र नभई राम्रो सामाजिक सम्बन्ध स्थापित गर्न पनि उत्तिकै महìवपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मुस्कान वा हाँसो सबैको जीवनमा आवश्यक रहन्छ यसले दीर्घ र स्वस्थ जीवन दिनुको साथै तनावबाट राहत, रक्तचापको उच्च मात्रालाई कम गर्नु, शरीरको दुःखाइ र पीडा कम गराउने उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले कोरोना उपचारको क्रममा हाँसो थेरापीको प्रयोग गरेको जानकारी दिँदै यसले सकारात्मक सोच आएको बताउनुभयो । हँसाउने र हाँस्ने क्रियाकलापमा संलग्न भएका व्यक्तिमा रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुने शरीर धेरै रोग तथा सङ्क्रमणहरूसँग लड्न सक्ने डा. यादवले प्रस्ट पार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?