logo
२०८० चैत्र १६ शुक्रवार

  बुध्द एयरको मंगलबारको घटनाले के पाठ सिकायो ?  



'बेली ल्याण्डिङ्ग'को २१ वर्षमा अवस्था उस्तै, अन्यत्र सुविधा विस्तार भएन

पर्यटन |


'बेली ल्याण्डिङ्ग'को २१ वर्षमा अवस्था उस्तै, अन्यत्र सुविधा विस्तार भएन
सांकेतिक तस्बिर


काठमाडौं, असोज १२ गते । २०५७ सालमा ४९ जना यात्रु बोकेर काठमाडौंबाट विराटनगरका लागि उडेको नेकोन एअरको जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर (पाङग्रा) खुलेन । ककपिटमा हुनुहुन्थ्यो वरिष्ठ पाइलट दधिराम निरौला । उक्त जहाजमा ४९ जना यात्रुसहित एक जना भीआईपी यात्रु हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा ।
पाइलट निरौलाले विमान सुरक्षित अवतरण गराउन भन्दै सुरक्षाका व्यवस्था गर्न न विराटनगर विमानस्थल कार्यालयसँग आग्रह गर्नुभयो तर विराटनगार विमानस्थालले त्यस्तो व्यवस्था गर्न असमर्थता जनायो । त्यसपछि उहाँले जहाज काठमाडौंनै ल्याएर सुरक्षित अवतरण (बेली ल्याण्डिङ्ग) गराउनुभयो ।

प्राधिकरणले प्रधानमन्त्री सूर्यबहादुर थापा सवार रहेको उक्त जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा फिँज छर्किएर सुरक्षित अवतरण (बेली ल्याण्डिङ) गराउन सफल भयो । यो घटना भएको २१ वर्ष वितिसकेको छ । तर हाल देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये अझै पनि जहाजको अपतकालीन अवस्थामा अवतरण (बेली ल्याण्डिङ) गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य विमानस्थलमा सम्भावना नभएको नागरिक उडड्यन प्राधिकरणका कार्यवहाक महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र यस्तो सुविधा छ तर पोखरा र भैरहवा निर्माणधीन विमानस्थनमा सबै सुविधा जडान गरी निर्माण हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । टर्बो प्रप र टर्बो जेट इन्जिन जडित जहाज र दुरीलाई समेत ध्यान दिएर नेपालका केही विमानस्थललाई आपतकालीन अवतरणका लागि उपयुक्त विमानस्थल बनाउनु जरुरी ठानेका छांै, यसमा प्राधिकरणले कार्ययोजना बनाएर अघि बड्ने तयारी थालेको महानिर्देशक क्षेत्रीले जानकारी दिनुभयो ।

त्यसै घटना सोमबार विराटनगरकै लागि काठमाडौंबाट उडेको बुद्ध एयरको (एन एएनआइ ) जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरणका लागि काठमाडौंनै फर्किनु परेको थियो । यस अघिपनि यस्ता घटना पटकपटक हुने गरे पनि यसको समधानका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरणले अन्य विमानस्थलमा सुरक्षित अवतरण गर्ने व्यवस्था गर्न सकेको छैन । बुद्ध एयरकै अर्को (एन एजेओ) जहाज काठमाडौंबाट पोखरा जानेक्रममा ककपिटबाट धुवाँ आएपछि पुनः काठमाडौंनै अवतरण भएको थियो ।

आपतकालीन अवतरणसँगै विमानचालकले यात्रुलाई सुरक्षित राख्न यात्रुको संख्या अनुसार अस्पतालको तयारी, दमकल, फिँज, एम्बुलेन्स र पर्याप्त सुरक्षाकर्मी तैनाथ गरेपछि मात्र सुरक्षित अवतरण गर्न तयार हुने वरिष्ठ पाइलट दधिराम निरौलाले बताउनुभयो । विमानस्थलले यी व्यवस्थापन गरेमा पाइलटले जुनसुकै विमानस्थलमा जहाज अवतरण गराउन सक्छ, उहाँले भन्नुभयो । तर काठमाडांै बाहेक अन्य विमानस्थलमा अझै पनि यो व्यवस्था हुन नसकेको प्राधिकरणले जनाएको छ । काठमाडौंमा सन् १९७३ ताका बोइङ ७२७ र नेपालगञ्जमा डोन एयरमा समस्या हुदाँ अपतकालीन अवतरण गर्नुपरेको थियो । आपतकालीन अवस्थामा पाइलटले माग गर्न सक्छ त्यो पूरा गरेमात्र अवतरणलाई सहज बनाउन सकिने पाइलटहरुको भनाइ छ ।

उड्डयन सुरक्षा विभागका उडान सुपरिवेक्षकहरुले बन्न प्रस्ताव गरिएका प्रादेशिक विमानस्थलहरुमा यी सुुबिधाहरुको व्यवस्थापन गर्नुपर्ने खाँचो भएको पाइलट निरौलाले बताउनुभयो । नेपालमा पछिल्लो समय सानो मात्र नभएर ठूला एटिआर ७२ जहाज भित्रिन थालेसँगै यात्रुको संख्यालाई समेत ध्यान दिएर सुरक्षाका मापदण्ड तय गर्नुपर्ने आवस्यकता भएको उहाँको सुझाव छ ।

प्राधिकरणसँग समन्व्य गरी दुर्घटनाका कारणहरु हुन नदिन सहज गराई दिने र विमानस्थलहरुमा नयाँ नयाँ प्रविधि जडान गर्ने सुरक्षित अवतरणको अवस्थाको सुपरिवेक्षण गर्ने गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय हवाइ सुरक्षा तथा दुर्घटना जाँच शाखाकी प्रमुख हवाइ इञ्जिनियर तनुजा पोखरेलले बताउनुभयो । मन्त्रालयले अन्तराष्ट्रिय नागरिक उडड्यन संगठनको नियममा रहेर घटनाहरुको जाँचबुझ गरी दुर्घटनालाई कम गर्ने काम गर्दै आएको उहाँले बताउनुभयो । सोमबार भएको घटनाका विषयमा प्राधिकरण र बुद्ध एयरलाई वास्तविकता के भएको भनी पत्र लेखेको छ । यता सोमबारको घटनाको छानविन गर्न प्राधिकरणले वरिष्ठ क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा समिति गठन गरेकोे छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?