logo
२०८० चैत्र १५ बिहीवार



मनाङ आउने पर्यटकलाई स्वागत

खुला |
पर्यटन |


मनाङ आउने पर्यटकलाई स्वागत


     
नवीन लामिछाने   

मनाङ, असोज १२ गते । सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला यहाँ आउने पर्यटकलाई स्वागत तथा सम्मान गरिएको हो । यहाँका पर्यटकीय क्षेत्रहरुमा यस दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छ । कोभिड–१९ को सङ्क्रमणले थिलथिलो परेको पर्यटन तथा होटल व्यवसायलाई चलायमान बनाउन मनाङवासीले यो तयारी थालेका हुन् ।    
    
 हिमाली जिल्ला मनाङमा भित्रिएका विदेशी तथा स्वदेशी पर्यटकलाई स्वागत गर्दै सोमबार दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । जिल्लामा अहिले कोभिड सङ्क्रमण न्यून भएसँगै सरकारद्वारा जारी गरिएको मापदण्ड पूर्ण पालना गरी पर्यटन भित्र्याउने तयारीसहित दिवसका दिन मनाङ आइपुगेको पर्यटकलाई स्वागत गर्दै मनाइएको उहाँले बताउनुभयो ।    
    
 “स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी भौतिक रूपमा दिवस मनाइएको छ । अब मनाङ आउने पर्यटकलाई सुरक्षाको मापदण्डको पालना गरी भित्र्याउछौँ,” लामिछानेले भन्नुभयो, “पर्यटन व्यवसायी तथा होटल व्यवसायी पूर्ण रुपमा पर्यटकको स्वागतमा लागिसक्नुभएको छ ।”    
    
 दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस बनाइएको हो ।    
    
 पर्यटन दिवसका अवसरमा अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई पनि सोमबार मनाङमा स्वागत गरिएको छ । घुम्न पैदल यात्रामार्फत आएका पर्यटकलाई बाटोमै रोकेर व्यवसायीले खादा र अबिर लगाएर भव्य स्वागत गरेका थिए । पर्यटन दिवसमा व्यवसायीले पर्यटकहरूको स्वागत गर्दा मनाङ आउन उत्साहित बनाएको इजरायली तथा भारतीय पर्यटकले बताएका छन् ।    
    
 पर्यटक भित्र्यानका लागि के कस्ता संरचना र समस्या छन् तथा यात्राका क्रममा सहजता कायम गर्न के गर्नुपर्छ भन्ने उद्देश्यले केही दिन मात्र अघि प्रमुख जिल्ला अधिकारी लामिछाने, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमलगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले पदमार्गको अनुगमन गर्नुभएको थियो ।    
    
 बाढीपहिरो र कोभिडले थलिएको मनाङमा पर्यटकको आगमनले नयाँ उत्साह थपिने एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । सोमबार मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ मा रहेको एक्याप कार्यालयमा तीन इजरायली र एक भारतीय पर्यटकलाई स्वागत गरिएको थियो । पैदल यात्राबाट भने अहिले मनाङ घुम्न सकिने गौतमले बताउनुभयो । उहाँका अनुसार सवारीसाधन प्रयोग गर्न सकिने अवस्था भने अहिले छैन । बेँसीसहर–चामे–खाङ्सार सडक खण्ड मर्मतकै क्रममा रहेकाले सवारी भने चलाउन सक्ने अवस्था छैन । पैदल हिँड्न विभिन्न स्थानमा भिरमा जोडेर काठेपुलहरु बनाइएको छ ।    
    
 पर्यटकहरु विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मी.) र थोराङ्ला पास गरी मुक्तिनाथ जान आउने गरेको पर्यटक मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताउनुभयो । उहाँका अनुसार पहिराले क्षति पु¥याएको तिलिचो ताल जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको छ ।    
    
 यस वर्षको बाढीपहिराले मनाङमा धेरै क्षति पु¥याएको छ । यहाँका बाटोघाटो भत्काएको छ भने अन्य आधारभूत संरचनाहरुमा पनि क्षति पु¥याएकाले अझै पनि सवारीसाधनको आवतजावतमै समस्या छ ।    
    
 नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहरमैला व्यवस्थापन र खुला दिसामुक्त बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । साथै कोभिड– १९ को सङ्क्रमणसँगै बाढीपहिराले पु¥याएको क्षतिका कारण जिल्लामा पर्यटक भित्र्याउन सहज बनाउनका लागि अनुगमन गरी व्यवस्थापन गरिएको छ ।    
    
 पर्यटन वर्षका रुपमा अघि बढाएको सन् २०२० मा कोभिडका सङ्क्रमणका बीच पनि मनाङ एक हजार नौ सय पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । “कोभिड सङ्क्रमणबीच पनि यहाँ पर्यटक रहेका थिए । हेलिकोप्टरबाट उद्धार गरी स्वदेश फर्किने व्यवस्थासमेत गरिएको थियो,” उहाँले भन्नुभयो । लामो समयपश्चात् पर्यटकको चहलपहल देखिँदा कोरोना भाइरस पूर्णरुपमा निर्मूल भएको आभास भएको छ ।    
    
 सन् २०१९ मा २६ हजार ६४७, डेङ्गु रोगको सङ्क्रमणका बीच पनि २०१८ सालमा पनि पर्यटक उल्लेख्य भित्रिएका थिए । सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ विदेशी पर्यटक भित्रिएको उहाँले जानकारी दिनुभयो । गौतमका अनुसार स्वदेशी पर्यटकहरु तथ्याङ्क हालसम्म पनि राखिने गरिएको छैन ।    
    
 मनाङ भित्रिएका पर्यटक धारापानीबाट कोही मनास्लु, काङ्ला पास नार्फु, अधिकांश पर्यटक थोराङ्ला पास, मनाङ गाउँ, गङ्गापूर्ण ताल, अन्नपूर्ण सर्किट पुग्ने गर्दछन् भने केही मनाङको संस्कृति, परम्परा, भौगोलिक अवस्था र कतिपय चाहिँ मनाङका हिमाल आरोहणका लागि पर्यटक आउने गरेका छन् ।    
    
 पर्वतारोहणका लागि आउने पर्यटकहरु मनाङमै प्रशिक्षणसमेत लिने गरेका छन् । विदेशी पर्यटकका लागि मनाङ प्रशिक्षणको केन्द्र रहेको पनि बताउने गरेका छन् । मनास्लु (किलर माउन्टेन) जुलु फरेस्ट, हिमलुङ हिमाल, थोराङ्ला पिक, पिसाङ पिक लगायतमा पर्वतारोहण गर्नुअघि मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देस्थित प्रशिक्षण केन्द्रमा तालिम लिने गरेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण लिएपछि क्लाइम्बिङ गर्न विभिन्न हिमालको गन्तव्यतर्फ लाग्ने गर्दछन् । अन्नपूर्ण दोस्रो, चौथो, लमजुङ हिमाल, गङ्गापूर्ण हिमाल, गणेश हिमाल, तिलिचो पिक, नीलगिरि हिमशृङ्खला अवलोकन गर्दै आरोहणका लागि पर्यटक आउने गर्दछन् ।    
    
 लमजुङको सदरमुकाम बँेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग मनाङको ताल, धारापानी, चामे, मनाङ हुँदै मुस्ताङको घुमेर पर्यटक कास्कीको नयाँपुलमा पुगेर यात्रा पूरा गर्ने गरेका छन् । अठार दिनसम्मको पदयात्रामा १० दिन मनाङमा पर्यटक रहने छन् भने बाँकी समय मुस्ताङ र कास्कीमा रहने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?