logo
२०८१ बैशाख ६ बिहीवार



कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

पढ्नै पर्ने |


कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला


काठमाडौं, असोज १० गते । असोज ४ गते काठमाडौंको कपनको मिलनचोकमा पानी परेका बेला ढलमा खरेर बेपत्ता भएका बालकको शव शनिबार राति भेटिएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा बालकको शव भेटिएको बताउनुभयो ।

असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा परिवारले पहिचान गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार शव बागमती नदी किनाराबाट मूल सडकसम्म ल्याउन करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने र पोष्टमार्टमपछि परिवारलाई दिइने एसएसपी बज्राचार्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?