logo
२०८० चैत्र १५ बिहीवार



मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने   

अन्तर्राष्ट्रिय |


मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने   



मनिला, असोज ६ गते । फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक ¥याली निकाल्नु भएको थियो ।    
    
नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको ¥यालीपछि आयोजित घोषणा सभामा उहाँले आफू विजयी हुने दाबी गर्नुभयो । लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गर्नुभयो ।    
    
राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उहाँ तेस्रो नेता हुनुहुन्छ । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?