logo
२०८१ बैशाख ७ शुक्रवार

  गठबन्धनका शीर्ष नेताहरुको बैठक  



नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री नियुक्ति गर्ने सहमति

मुख्य समाचार |


नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री नियुक्ति गर्ने सहमति
फाइल तस्बीर


काठमाडौँ, असोज ५ गते । सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको मङ्गलबार साँझ बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री नियुक्त गर्न सहमति जुटेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति जुटेको जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा परराष्ट्रमन्त्री नियुक्तिका लागि पार्टीबाट नाम सिफारिस गर्न बुधबार काँगे्रसको पदाधिकारी बैठक बोलाउनुभएको छ ।
परराष्ट्रमन्त्रीका लागि काँग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. नारायण खड्का, नेतृ सुजाता कोइरालाको नाम चर्चामा छ । सम्भवतः बुधबार मन्त्रीको नाम सिफारिस गरी पद तथा गोपनीयताको सपथग्रहण हुनेछ । नेपालको कुटनीतिक सम्वन्ध विस्तार तथा मित्रराष्ट्र देशसँगको सम्वन्ध मजवुत पार्न परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा शीर्षनेताहरु सहमत देखिनु भएको हो ।
सरकारले मङ्गलबार नै तत्कालीन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीति नियुक्त पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
बैठकमा काँगे्रस सभापति एवं प्रधानमन्त्री देउवा, महामन्त्री खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, परिषद् संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी हुनुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?