logo
२०८१ बैशाख ८ शनिवार

देशैभर भेरोसेल खाेपको पहिलो डोज लगाउन सुरु (फाेटाे फिचर)

स्वास्थ्य |
फोटो फिचर |


2021-09-20-47080
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं,असोज ४ गते । आजदेखि ११ दिनसम्म देशैभर भेरोसेल खेपको पहिलो डोज लगाउन सुरु गरिएको छ । चीनबाट आइपुगेको ४४ लाख डोज खोप आजबाट नागरिकमा वितरण सुरु गरीने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. सागर दाहालले बताउनुभयो । दोस्रो मात्रा भने कात्तिक ४ देखि १४ गतेसम्म सबै जिल्लामा दिइने उहाँले बताउनुभयो ।

पहिलो चरणमा हिमाली १० जिल्लामा १८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप प्रदान गरिनेछ भने काठमाडौं उपत्यकाका तीन जिल्लासहित रामेछाप, सर्लाही, मकवानपुर,अछाम जिल्लामा ४० वर्षभन्दा माथिका उमेर समूहकालाई,चितवन र काभ्रे जिल्लामा ३५ वर्ष उमेर समूहकालाई र बाँकी जिल्लाहरुमा ४५ वर्षभन्दा माथि उमेर समूहकालाई प्रदान गरीने डा. दाहालले बताउनुभयो ।
पहिले छुटेका १८ वर्षभन्दा माथिका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका,अतिआवश्यक सेवा,शिक्षक, होटेल व्यवसायी,पर्यटन व्यावसायीलाई समेत यहि चरणमै खोप लगाइने उहाँको भनाइ छ ।