logo
२०८१ बैशाख ७ शुक्रवार

नयाँ नाेट वितरण सुरू, सर्वसाधारण दङ्ग (फाेटाे फिचर)

अर्थ |
फोटो फिचर |


2021-09-20-47054
तस्बिर सुजन गुरूङ्ग 


काठमाडौं, असोज ४ गते ।  सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् ।  नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले बिहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ नाेट पाएपछि सर्वसाधारण दङ्ग थिए । 

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जनाएकाे छ। सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नयाँ नोट साट्न पाउनेछन्।  प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएकाे छ । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गतवर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।

तस्बिर सुजन गुरूङ