logo
२०८० चैत्र ६ मंगलवार



हिल्साबाट सीमा अध्ययन समितिको टोली सुर्खेत फिर्ता

पढ्नै पर्ने |
राष्ट्रिय |


हिल्साबाट सीमा अध्ययन समितिको टोली सुर्खेत फिर्ता


राजन राउत
हुम्ला, असोज १ गते । हुम्ला खण्डको चीनसँग जोडिएको उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन गर्न खटिएको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सिमास्तम्भको अध्ययन पश्चात फिर्ता भएको छ । सिमकोटबाट टोली गाडीमार्फत् लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रवार हेलिकोप्टरबाट फिर्ता भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सिमास्तम्भहरुको सीमा अध्ययन समिति लाप्चा र हिल्सा क्षेत्रका सिमास्तम्भहरुको अध्ययन गरी आज फर्केको जानकारी दिनुभयो । संयोजक जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ गते हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो ।

उहाँले लाप्चा क्षेत्रको १२ नम्बर र हिल्सा क्षेत्रका ५ देखि १० नम्बर सिमास्तम्भको अध्ययन कार्य गर्न टोली सफल भएको बताउनुभयो । शुक्रवार संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सिमास्तम्भमा हेलिकोप्टरबाट गएर अध्ययन गर्ने कार्य भएको भएपनि त्यो पुरा नभएको बताउनुभयो ।

टोलीकै लागि नेपाली सेनाको हेलिकोप्टर हिल्सा पुगेर टोलीलाई लिएर चार हजार मिटर अग्लो स्थानमा पुगेपछि हावाको कारण हेलिकोप्टर उडान भर्न नसक्दा टोली सिमकोट हुँदै सुर्खेततर्फ लागेको हो । लाप्चा लिमी र हिल्सा क्षेत्रका सञ्चार सम्पर्क हुन नसक्ने र हेलिकोप्टरमा हिल्साबाट फिर्ता आएको टोली सिमकोट बिमानस्थलमा टेकअपपछि सुर्खेतका लागि उडान भरेको थियो ।

टोलीले हेलिकोप्टरबाट हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सिमास्तम्भ अध्ययन गर्ने कार्य पनि हुन सकेन । टोलीमा आचार्यका साथै उमेशराज जोसी, किशोरकुमार श्रेष्ठ, प्रदिपकुमार पाल, शुशिल डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहनुभएको थियो । जसमा नापी बिभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ ।

दुई देशको सिमाक्षेत्र लोलुङ जोङमा चिनीयाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सिमास्तम्भ चीनले एकतर्फी पूनरनिर्माण गरेपछि हुम्लामा यसको बिरोध हुँदै आएको थियो । नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सिमास्तम्भ नम्बर १२ पर्छ । अन्य हिल्साको किट क्षेत्रका ५ (१) र (२), ६ (१) र (२) , ७ (१) र (२), ८ (१) र (२), ९ ( १) र (२) नाम्खा –५ को हिल्सा र किट क्षेत्रमा पर्छन ।

यता नाम्खा– ५ कै यारी भित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङस्थित ३ नम्बर सिमास्तम्म रहेको छ भने सोही क्षेत्रको नुमुच्चेमा रहेको ४ नम्बर सिमास्तम्भ रहेको छ । लाप्चामा चीनले लोलुङ जोङमा बनाएको भौतिक संरचना जसको नेपाली भुमिमा भवन निर्माण गरेको भन्दै बिरोध हुँदैअएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?