logo
२०८० चैत्र १६ शुक्रवार



आईपीएलमा दर्शकको उपस्थिति सीमित हुने

क्रिकेट |
खेलकुद |


आईपीएलमा दर्शकको उपस्थिति सीमित हुने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । इन्डियन प्रिमियर लिगको बाँकी रहेको खेलमा दर्शकको उपस्थिति रहने भएको छ । आईपीएलका प्रमुख सञ्चालन अधिकृत हेमाङ अमिनले बाँकी रहेको खेलमा सीमित संख्यामा दर्शक रहने बताउनुभयो ।
गत् मई महिनामा रोकिएको आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट यूएईमा सुरु हुँदैछ । दुबई, अबुधबी र शाहजाहमा प्रिमियर लिगको खेलहरु हुनेछ । यूएई सरकारको निर्देशिका भित्र रहेर दर्शकको उपस्थिति रहने आईपीएलले बुधबार जारी गरेको वक्तब्यमा उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?