logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्र संघका अधिकारीले अफगानिस्तानको आन्तरिक मामीला मन्त्रीलाई भेटे

अन्तर्राष्ट्रिय |


राष्ट्र संघका अधिकारीले अफगानिस्तानको आन्तरिक मामीला मन्त्रीलाई भेटे
तस्विर–द स्ट्रेट टाइम्स


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । संयुक्त राष्ट्र संघका अधिकारीले अफगानिस्तानको आन्तरिक मामीला मन्त्री सिराजुद्दीन हक्कानीसँग भेटवार्ता गर्नुभएको छ । अफगानको आन्तरिक मामीला मन्त्री हक्कानी विश्वको सर्बाधिक खोजीका आतङ्कवादी हुनुहुन्छ । दुबैजनाबीच अफगानिस्तानको अवस्था र मानवीय सहयोग सम्बन्धमा छलफल भएको हो ।
तालिबानका प्रवक्ता सुहैल शाहीनले हक्कानीले बुधबार संयुक्त राष्ट्र संघका मानवीय सहयोग सम्बन्धी प्रमुख डेबोराह ल्योनसँग छलफल गर्नुभएको बताउनुभएको छ । भेटघाटमा आन्तरिक मामीला मन्त्री हक्कानीले संयुक्त राष्ट्र संघले कुनै ब्यवधान बिना नै आफ्नो काम सुचारु गर्न सक्ने बताउनुभएको छ ।
विश्वका सर्बाधिक खोजी सूचीका हक्कानी नेटवर्कका प्रमुख रहनुभएका सिराजुद्दीन हक्कानी गएको महिना अफगानिस्तानको आन्तरिक मामीला मन्त्री नियुक्त हुनुभएको थियो । हक्कानी नेटवर्कलाई अमेरिकाले आतङ्कवादी समूहको सूचीमा राखेको छ । हक्कानीको टाउकोमाथि अमेरिकाले पचास लाख अमेरिकी डलरको पुरस्कार राखेको छ । सन् २००८ मा काबुलमा भएको आतङ्ककारी हमलाका उहाँ अभियुक्त हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?