logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश नं १ को अधिवेशन आह्वान

खुला |


प्रदेश नं १ को अधिवेशन आह्वान


विराटनगर, भदौ ३१ गते । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि शुरु हुने भएको छ । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम १ बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?