logo
२०८१ बैशाख १३ बिहीवार

लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-09-16-46806


राजन रावत
हुम्ला, भदौ ३१ गते । हिमाली जिल्ला हुम्लामा बोटमा स्याउ पाक्नै लागेका छन् । स्याउ पाक्न लागेपछि किसानमा भने खुसीयाली छाउन थालेको छ । जति फल्नु पर्ने हो त्यति फल्न नसके पनि बोटमा लागेका स्याउ फल्न लागेपछि ८० वटा बोट लगाउनुभएकी शान्ति बोहराले खुसी व्यक्त गर्नुभयो । उहाँको स्याउ फारममा आधा बोट फेका छन् भने आधा बोटमा थोरै मात्र दाना लागेका छन् । बोटमा जति लागेका छन्, ती सबै स्याउका दाना पाक्ने बेला हुन लागेको छ ।

पूर्णरूपमा पाकेपछि उहाँले बिक्री गर्ने सोचाइ उहाँले बनासक्नुभएको छ । प्रति दाना दश रुपियाँमा बिक्री हुने स्याउबाट अब कमाई सुरु हुने उहाँले बताउनुभयो । अहिले उहाँको दैनिक स्याउ फारमै हुने गरेको छ । पचास भन्दा बढी बोट लगाउने किसान हुम्लामा एक सय जना भन्दा बढी रहेको विवरण कृषि विकास कार्यालयसँग छ । राम्रोसँग लटरम्म फल्ने समस्या भने सबैको बोहराको जस्तै छ । समग्रमा जिल्लाभरि स्याउ उत्पादन भने घट्ने देखिएको छ ।