logo
२०८१ बैशाख १३ बिहीवार

विद्यार्थीकाे प्रत्यक्ष उपस्थितिमा कक्षा १२ को परीक्षा सञ्चालन (फाेटाे फिचर)

शिक्षा |
फोटो फिचर |


2021-09-15-46755
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं, भदौ २९ गते । लामाे समयकाे प्रतीक्षापछि विद्यार्थीकाे प्रत्यक्षा उपस्थितिमा कक्षा १२ को परीक्षाको  शुरू भएकाे छ । याे वर्ष प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।
 अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूले भने पछि परीक्षा दिन पाउने छन् । “आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिनेछ । यदि कोही परीक्षाकै समयमा बिरामी परेको खण्डमा  उसलाई कोभिड पुष्टि भएपछि  परीक्षा दिन पाउने व्यवस्था छ ”उहाँले बताउनुभयो ।
यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आजदेखि हुन लागेको हो ।