logo
२०७८ असोज ३ आईतवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



जाजरकोटमा जीप दुर्घटना, दुईजनाको मृत्यु छ घाइते, दुई गम्भीर

पढ्नै पर्ने |


जाजरकोटमा जीप दुर्घटना, दुईजनाको मृत्यु  छ घाइते, दुई गम्भीर
सांकेतिक तस्विर


सुकदेव बस्नेत
जाजरकाेट,भदौ २९ गते । जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताउनुभयो ।
दुर्घटनामा  मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेको उहाँले बताउनुभयो । घाईतेको छ जनाको अहिले जिल्ला अस्पताल जाजरकोट लगिएको छ । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ भने अरुको अवस्था सामान्य रहेको थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?