logo
२०८१ बैशाख १४ शुक्रवार

इन्द्रजात्राको चहलपहल शुरु, चार तोपको सलामीसँगै लिङ्गो नगर प्रवेश

फोटो फिचर |
समाज |
खुला |


2021-09-14-46692


काठमाडौं, भदौ २९ गते । इन्द्रजात्राका लागि भोटाहिटीदेखि हनुमान ढोकासम्म लिङ्गो ल्याइएको छ । १०ः३४ को साइतमा लिङ्गलाई नगर प्रवेश गराइएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि औपचारिक रुपमा जात्रा शुरु हुन्छ ।

इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो ।

१२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् ।

फोटो : मनोजरत्न शाही