logo
२०८१ बैशाख ७ शुक्रवार



अवरुद्ध बैठक खुलाउन सभामुखद्वारा पहल, प्रतिपक्षी दलसँग वार्ता हुँदै

पढ्नै पर्ने |
राष्ट्रिय |


अवरुद्ध बैठक खुलाउन सभामुखद्वारा पहल, प्रतिपक्षी दलसँग वार्ता हुँदै
तस्बिर : रासस


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । प्रतिनिधिसभा बैठक अवरुद्ध हुनथालेपछि सभामुख अग्नीप्रसाद सापकोटाले अवरोध खुलाउनेगरी संवाद थाल्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुको अवरोधकैबीच आज पन्ध्र मिनेटपछि बैठक स्थगित गरेर सभामुख सापकोटाले संवाद शुरु गर्नुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

संसद भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारीसँग संवाद भइरहेको प्रेस विज्ञ न्यौपानेले बताउनुभयो । उहाँकाअनुसार छलफलमा काँग्रेस नेता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समेत सहभागीता छ ।

पन्ध्र मिनेटकालागि भन्दै १ः४५ बजे स्थगित भएको बैठक छलफल जारी रहेकाले सुचारु हुन सकेको छैन । प्रेस विज्ञ न्यौपानेकाअनुसार छलफल जारी रहेकाले बैठक सुचारु हुनमा केही विलम्ब हुनेछ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?