logo
२०८१ बैशाख ८ शनिवार

  कसरी गर्दैछ भक्तपुर नपाले फोहाेर व्यबस्थापन ?  



जस्ले फोहोर गर्छ उसैले सफा गर्ने र गराउनु पर्छ : नपा पदाधिकारी

समाज |


जस्ले फोहोर गर्छ उसैले सफा गर्ने र गराउनु पर्छ : नपा पदाधिकारी


काठमाडौँ, भदौ २६ गते । काठमाडौंको फोहाेर व्यबस्थापन गर्दै आएको डम्पिङ साइटसम्मको बाटो अवारोध हुँदा राजधानीमा फोहरको आतङ्क नै भयो राजधानीमार तीन मुख्य शहर मध्ये भक्तपुरमा भने यसले कुनै फरक परेन ।
फोहाेरको सही सदुपयोग र व्यबस्था पन गर्न सके यो समस्या होइन मोहोर हो भन्ने कुराको उदाहरण बनेको छ भक्तपुर । भक्तपुर शहर कसरी फोहाेर व्यबस्थापनमा सफल भयो त ? यसको जवाफमा भक्तपुर नगरपालिकाका अधिकारीहरु सबै मानिस सचेत हुन जरुरी रहेको जावाफ दिन्छन् । 
भक्तपुर नगरपालिकाका अधिकृत दिलिप सुवालकाअनुसार फोहोर मैला जति सक्यो त्यत्ति नै कम गर्नु बुद्धिमानी हो । उहाँले भन्नुभयो, “फोहोर मैला व्यवस्थापनको काम नियमित छ, फोहोरले हुने समस्यालाई समाधान गर्न सबै मानिसहरु चनाखो हुन अति जरुरी छ ।” जुन ठाउँको फोहोर हो त्यही ठाउँमा बिसर्जन गर्ने उपाय निकाल्न सकेमा समस्या सामाधन हुने उहाँले बताउनुभयो ।

पसलहरुमा सामान किन्न जाँदा सामान किन्ने व्यक्तिले आफैले सामान राख्ने झोला वा अन्य कुनै भाँडो लिएर बजार जानु उचित हुने उहाँको भनाइ छ । चाडपर्व, जात्रा, आमहड्तालजस्ता कार्यक्रमका बेला फोहोर व्यवस्थापनको काम नरोकिने नीति नगरपालिकाले लिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले फोहोर वस्तुलाई कुहिने र नकुहिने गरी छुट्याएर काम थालेकाले भक्तपुरमा फोहोरको समास्य नरहेको र दीर्घकालीन योजाना पनि सामाबेश भएकाले पुनः फोहोरको समस्या नहुनेमा उहाँ आफू ढुक्क रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहोरलाई पुनः प्रयोग गर्न जान्नुपर्छ, त्यसैलाई प्रयोग गर्न सक्नु पर्दछ, त्यसरी गरेमा डम्पिङ्ग साइटमा पुग्ने फोहोर त्यसै कम हुन्छ ।”
एक पटक प्रयोग गरी सकेको वस्तु वा पोलिथिन झोला या प्लास्ष्टिकका बट्टाहरुलाई फेरि प्रयोगमा ल्याउनु र लेखि सकिएका कापीबाट झोला वा खाम बनाई पसलमा पोको पार्ने काममा फेरि प्रयोगमा ल्याउन सक्नुपर्छ । उहाँकाअनुसार नगरपालिकाको नीति नै छ, जस्ले फोहोर गर्छ उसैले सफा गर्ने र गराउनु पर्छ । उहाँले फोहोरलाई सकेसम्म अलग गरेर मात्रै दिनको लागि नगरबासीसँग अपिल गरेको बताउनुभयो ।
उहाँले थप्नुभयो “दिनदिनै फोहोर मैला व्यवस्थापन गर्ने गाडीमा जिङ्गल बजाउने र नगरबासीलाई सचेत गराउने काम भइरहेको छ ।” उहाँले कुहिने वस्तुलाई जम्मा गरेर लाभदायक कम्पोष्ट मल बनाउन सकिने बताउनुभयो । “कुहिने वस्तुबाट अहिले कम्पोष्ट मल बनाउने काम भइरहेको र अहिले नकुहिने बस्तु मात्रै कबाडी लिन आउनेलाई दिने गरेका छौँ, त्यसको पनि दीर्घकालीन व्यवस्थापनको बारेमा छलफल भइरहेको छ ।” उहाँले फोहरबाट ८० प्रतिशत वस्तु छुट्टिएर आएको भन्दै कम्पोष्ट मल बनाउने तालिम संचालन भइरहेको जानकारी दिनुभयो ।

कागज, प्लाष्टिक, सिसा, फलाम र अन्य एलमोनियम भाँडा वस्तुहरुलाई घोलेर पगालेर कारखानाहरुमा नयाँ वस्तु बनाउन सकिन्छ । कतिपय वस्तुहरु अलग अलग ठाउँमा जम्मा गर्न सकेमा ती वस्तुहरु कवाडीले तौलका आधारमा वा एकमुष्ट लैजान्छन् र फोहोर सदुपयोग हुन्छ र डम्पिङ्ग साइटमा पनि फोहोर कम जाने उहाँले बताउनुभयो । विभिन्न वस्तुहरु शहरी क्षेत्रका घरबाट निस्किएका फोहोर मैलालाई जथाभावी तरिकाले बाटोमा फाल्न नहुने उहाँको भनार्इ छ । त्यो फोहोरलाई कन्टेनरमा, बोरीमा, विभिन्न प्रकारका झोलाहरुमा र तोकिएको ठाउँमा लिएर मात्र थुपार्न सक्नु पर्दछ र गाडी आएर डम्पिङ साइटमा लिन सक्छ र फोहोर व्यवस्थापन गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

फोहोर मैला व्यवस्थित गर्न सकेमा हाम्रो घर वरपरको वातावरणमा रहेका ठोस फोहोरमा कमी ल्याई वातावरण सफा राख्न सकिने उहाँको भनाई छ । उहाँले भक्तपुर नगरपालिका ८ मा जग्गा लिजमा लिएर टहरा बनाइ सकेको र मल बनाउने कामका लागि तालिम दिन लागिएको बताउनुभयो । घर वरपर भएका फोहोरह संकलन गरी जैविक र अजैविक फोहोर छुट्याएर दुवै प्रकारका फोहोरह कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा सरोकारवालाहरुसँग छलफल पनि गरिरहेको उहाँले बताउनुभयो ।

फोहरमैला व्यवस्थापन गर्न सकेमा मात्र वातावरण राम्रो भइ हाम्रो स्वास्थ्य पनि राम्रो हुने उहाँको भनाइ छ । फोहोर व्यवस्थापन ऐनले फोहर मैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायलाई दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?