logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रपति बाइडेनद्वारा ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि

अन्तर्राष्ट्रिय |


राष्ट्रपति बाइडेनद्वारा ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि
तस्विर–डेक्कन हेराल्ड


न्युयोर्क, भदौ २६ गते।
राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ। राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गर्नुभएको छ। आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटेर हुनुहुन्थ्यो भने अहिले देशको सर्वोच्च नेतृत्वमा हुनुहुन्छ।
राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर उहाँले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गर्नुभएको थियो।
यसै बीच शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गर्नु भएको छ। उक्त कुख्यात छटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको बताउँनुभएको छ। राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ुएकता नै ठूलो शक्ति होु भन्नुभएको छ। शुक्रवार राति राष्ट्रपति बाइडेन ९(११को घटनाको स्मरणमा न्युयोर्क आइपुग्नुभयो । यहाँको आकाशमा बत्तिहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृश्य टेलिभिजनमा देखाइएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप