logo
२०८० चैत्र १६ शुक्रवार



यस वर्ष औसतभन्दा ८ प्रतिशत बढी वर्षा

पढ्नै पर्ने |
खुला |


यस वर्ष औसतभन्दा ८ प्रतिशत बढी वर्षा



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । मनसुनी प्रणाली बाहिरिन अझै करिव १२ दिन बाँकी रहे पनि यस वर्ष नेपालमा औसतमा भन्दा ८.५ प्रतिशतले बढी पानी परेको छ । मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलका अनुसार शुक्रबार विहानसम्म १५२१.८ मिलिमिटर पानी परेको छ ।

मनसुनी समयमा औसतमा १४०२.९ मिलिमिटर पानी पर्नुपर्ने भए पनि मनसुन बाँकी छँदै १०८.९ मिलिमिटर बढी पानी परेको उहाँले बताउनुभयो । यता धेरै पानी परिसकेकाले शुक्रबारदेखि ठूलो पानी पर्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । भारी वर्षाको अवधि लगभग सकिएको छ, अव देशका केही भागहरुमा सामान्य वर्षा मात्र हुने पौडेलले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले देशभरका क्षेत्रगत रुपमा समेटिएका मुख्य मुख्य २० वटा स्टेशनबाट ३० वर्षको अवधिलाई तुलना गरेर औसत वर्षाको मापन गर्दै आएको जनाएको छ । यस वर्ष २० स्टेशन मध्य धरान, लुम्ले र दाङमा औसत वर्षा हुन सकेको छैन भने अन्य १७ वटा स्टेशनमा भने औसत भन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

औसत रुपमा सेप्टेम्बर २३ अर्थात असोज ७ गते सम्मलाई मनसुन अवधि मान्ने गरिन्छ । यो साता काठमाडौंमा पाँच वर्ष यताकै सबैभन्दा धेरै पानी परेको महाशाखाले जनाएको छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्षभन्दा दुई दिन अघि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?