logo
२०८१ बैशाख ६ बिहीवार

  प्रजिअ र स्थानीयतहका प्रतिनिधिबीच बैठक  



काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने

पढ्नै पर्ने |
शिक्षा |


काठमाडाैंमा असाेज १ गतेबाट  विद्यालय सञ्चालन गर्न पाइने


काठमाडौं,भदौ २१ गते ।काठमाडाैं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न  पाइने भएकाे छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज  भएको छलफबाट साे निर्णय भएकाे हाे  । जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पराजुलीले बताउनुभयो ।
छलफलमा जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?