logo
२०८१ बैशाख १२ बुधवार



सङ्खुवासभामा एकै परिवारका छजना मृत फेला, हत्याको आशङ्का

पढ्नै पर्ने |


सङ्खुवासभामा एकै परिवारका छजना मृत फेला, हत्याको आशङ्का


इटहरीबाट सचिन पोखरेल/ खाँदवारीबाट ध्यान कुलुङ
खाँदबारी भदौ २१ गते । सङ्रखुवासभा जिल्लामामा एकै परिवारका छ जना मृत फेला परेका छन् । उनीहरुको हत्या भएको आशङ्का गरिएको छ । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित नै रहनु भएकोे मादी नगरपालिकाका मेयर विदुर सुब्बा लिङथेकले बताउनुभयो । मृतकहरु केहीको शव घरभित्र केहीको बारीमा र खोलामा पनि भेटिएको र शरीरमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ ।संखुवासभामा एकै  मृतकमा ५८ वर्षिय तेजबहादुरकी आमा पार्वता कार्की ८० वर्षिय, श्रीमती मनमाया कार्की ५६, बुहारी रञ्जना कार्की २८ वर्षिय, नाती दिपक कार्की १० बर्षिया र ५ वर्षिय नातिनी गोमा कार्की छन्

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?