logo
२०८० चैत्र १६ शुक्रवार

श्रीकृष्ण जन्माष्टमीका अवसरमा कृष्ण मन्दिरमा भीड (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-08-30-45531
तस्बिर : सुजन गुरूङ / विकास द्वारे, गोरखापत्र


काठमाडौँ, भदौ १४ गते । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । श्रीकृष्ण जन्माष्टमीका अवसरमा कृष्ण मन्दिरमा भीड लागेकाे थियाे । 

तस्बिर : सुजन गुरूङ / विकास द्वारे, गोरखापत्र