logo
२०७८ असोज ४ सोमवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



नेपालमा ६८ प्रतिशतमा एन्टिबडी तयार, दुबै खाेप लगाएकामा ९० प्रतिशत

स्वास्थ्य |


नेपालमा ६८ प्रतिशतमा एन्टिबडी तयार, दुबै खाेप लगाएकामा ९० प्रतिशत


काठमाडौं,भदौ १३ गते । नेपालमा ६८ प्रतिशतमा भन्दा धेरै मानिसमा कोरोना भाईरसको एन्टिबढी विकास भएको पाईएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएअनुसार देशभरका छ महिनाभन्दा बढी उमेर समुहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षण उक्त नतिजा देखिएको हो ।
पहिलो मात्रा खोप लगाएका ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबढी तयार भएको देखिएको मन्त्रालयले जनाएको छ । जसले गर्दा नेपालमा लगाउदै आईएका खोपहरु प्रभावकारी समेत देखिएको मन्त्रालयको भनाई छ । हिमाल पहाड तराइ र सातै प्रदेशका सबै लिङ्ग र उमेर समूहमा समान रूपमा एन्टिबडी पैदा भएकाे पाइएकाे मन्त्रालयले जनाएकाे छ । 
जति बढी मानिसमा एन्टिबढी तयार हुन्छ खोपहरु त्यति बढी प्रभावकारी हुने मन्त्रालयको भनाई छ । धेरै मानिसहरुमा एन्टिबढी विकसित भएको देखिएप नि भाईरसले रुप बदलीरहने डर भएकाले मास्क लगाउने,सामाजिक दुरी कायम गर्ने,हात धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुनै कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?