logo
२०८१ बैशाख १५ शनिवार

तस्बिरमा जनैपूर्णिमा पर्व

पढ्नै पर्ने |
फोटो फिचर |
समाज |


2021-08-22-44932
तस्बिरः सुजन गुरूङ्ग / सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ६ गते । साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँध्ने चलन छ ।
जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् । जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।

वामन अवतार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जोडिन्छ । यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ । चाडको अघिल्लो दिन केश मुन्डन गरी टाउकोमा गोबर र तुलसी रोपिएको माटोले स्नान गरेर तागाधारीहरू एकछाके रहेका थिए ।

चाड मनाउन एक दिनअगावै पशुपतिनाथ, गोसाइँकुण्ड स्नानमा जानुहुने भएकाले जनैपूर्णिमाका दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बन्द रहन्छ । यसै दिन मधेसमा दाजुभाइले दिदीबहिनीलाई राखी बाँधेर दीर्घायुको कामना गर्ने प्रचलन छ ।
ललिपुरको कुम्भेश्वरबाट सागर बस्नेत र काभ्रे बनेपामा रहेको सानो गोसाँइकुण्ड पुगेर सुजन गुरुङ्गले तयार गर्नुभएको फोटो फिचर ।