logo
२०८० चैत्र १६ शुक्रवार



समूहगत भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासनको अनुरोध

फिचर |
पढ्नै पर्ने |


समूहगत भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासनको अनुरोध


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १९ गते । काठमाडौं उपत्यकामा कोरोनाको सङ्क्रमणदर उच्च बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत रहन सबैलाई अनुरोध गरेको छ ।
प्रशासनले मङ्गलबार एक सूचना जारी गर्दै अस्पतालहरुमा भेन्टिलेटर आइसियू र आकस्मिक सेवाका बेडहरुको चाप बढ्दै गएको समेत बताएको छ ।
कोरोना सङ्क्रमण दर घटाउनमा सवै पक्ष र समुदायको उतिकै जिम्मेवारी भूमिका रहने भएकोले जनस्वास्थ्यका माणपदण्ड सबैले पालना गर्न आग्रह गरिएको छ ।
तर निषेधाज्ञा जारी रहेको तथा सङ्क्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप भएको भन्दै त्यसो नगर्न प्रशासनले अनुरोध  गरेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगरेको अवस्थामा तेस्रो लहर समेत आउने सम्भावना त्यतिकै भएकोले सबैलाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?